२०८१ कार्तिक ६

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरुद्धका रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने
  • लुम्बिनी खोज
  • २०८० मंसिर १, शुक्रबार ०९:०१ गते

काठमाडौँ १ मंसिर ।
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरुद्धका रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो ।
सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।
गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।