२०८१ आश्विन ५

राममणिमा खेल सप्ताह शुरु
  • लुम्बिनी खोज
  • २०८० पुष १८, बुधबार १०:३२ गते

बुटवल १८ पुस ।
रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्रमाणित संस्था राममणि बहुमुखी क्याम्पसको छत्तीसौं वार्षिकोत्सवका अवसरमा खेलकुद सप्ताह–२०८० शुरू भएको छ ।
सप्ताह अन्तर्गत क्रिकेट, भलिबल, फूटबल, दौड, स्लो साइकल रेस, शटपुट थ्रो (छेलो फ्याँक्ने), ब्याडमिण्टन लगायतका १५ वटा खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछन् भने केही खेलका अन्तिम चरण पनि सकिएका छन् ।
छात्रा कपर्दी प्रतियोगिताको अन्तिम चरण खेलबाट बी.बी.एस. दोश्रो वर्षको समूह पहिलो र बी.एड. दोश्रो वर्षको समूह दोश्रो भएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले जानकारी दिए ।
त्यसैगरी, चेस (शतरञ्ज) प्रतियोगितामा बी.बी.एस. दोश्रो वर्षका थमन सिँजाली पहिलो, बी.बी.एस. पहिलो वर्षका जमुना राना दोस्रो र बी.ए. चौथो वर्षका रेशम लम्साल तेश्रो भएका छन् ।
यस्तै, ६० जना विद्यार्थी खेलाडीले भाग लिएको हण्डीफोड (घैँटो फोर्ने) प्रतियोगितामा चार जना विजयी भएका छन् । विजयी हुनेहरूमा बी.बी.एस. दोश्रो वर्षका सविता खनाल र आयुश पोखरेल तथा बी.बी.एस. तेश्रो वर्षका सरिता लम्साल र बी.एड. दोश्रो वर्षका समीक्षा चापागाईँ रहेका छन् ।