२०८२ असार ९
बुटवल, ४ फागुन । नेपाली काङ्ग्रेस बुटवल उपमहानगर समितिको बैठक बुटवलमा बसी बिभिन्न निर्णयहरु गरेको छ ।
निर्वाचन नजिकएको अवस्थामा सबैले आ आफ्नो तहबाट हरतरहले महत्वपूर्ण भुमिका निर्वाह गर्दै स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार हरुलाई बिजयी बनाउन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीका वडा सभापतिहरु, वार्ड सचिवहरु तथा ३०० वटा टोल समितिका सभापतिहरु सहभागी प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको छ । यस्तै आवश्यकता अनुसार , सुकुम्बासी तथा अब्यबस्थितहरुको भेला , तरुण बिद्यार्थी भेला, महिला भेला, उद्योगी ब्यावसायी भेला, बुद्धीजिवि फाटको भेला, ट्रेड युनियनकर्मीहरुको भेला लगायतका आवश्यकता अनुसारका भेला र गोष्ठी निरन्तर गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको १४ महाधिवेशनबाट बुटवल उप महानगरपालिका भित्रका, निर्वाचित ( प्रदेश प्रतिनिधिहरु, प्रदेश सभापतिहरु, महासमिति सदस्यहरु ,महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र नँ २ र ३ का क्षेत्रीय सभापतिहरु, जिल्ला सचिव तथा सदस्यहरु, ११ जना लुम्बिनी प्रदेश सदस्यहरु , नगर ( प्रदेश ( तथा क्षेत्रका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ । साथै मतदाता नामावली लेखाउने समयमा खट्ने वडा सभापतिहरु, वडा कार्यसमितिका साथीहरु तथा पार्टीका विभिन्न तहका साथीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।