२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १८, शुक्रबार ०५:५६ गते

बुटवल १८ फागुन ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुदैछ। आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।
आजको बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
आजको बैठकमा राजनीतिक दलहरुको तर्फबाट प्रदेशसभा सदस्यहरुले शुभकामना व्यक्त गर्ने कार्यसूचि पनि रहेको छ। प्रदेश सभा बैठकमा भोलि फागुन १९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ।