२०८१ श्रावण १२

नेदरल्याण्ड्समाथि नेपालको प्रभावशाली जित
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १९, शनिबार १०:३९ गते

काठमाडौँ १९ फागुन।
त्रिदेशीय टी–२० शृंखलाअन्तर्गत शनिबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेटको जित हात पारेको छ। नेपालको यो श्रृंखलामा यो लगातार दोस्रो जित हो ।
नेपालले यस अघि सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो । तर पछिल्ला २ खेलमा राम्रो प्रर्दशन गरेको छ ।
शनिवार नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा ग¥यो ।
४ खेलपछि नेपालको ४ अङ्क रहेको छ । एक खेल कम खेलेको नेदरल्यान्ड्सको समान ४ अङ्क भए पनि नेट रनरेटको आधारमा पहिलो स्थानमा रहेको छ । नामिबिया ३ खेलबाट २ अङ्कसहित तेस्रो स्थानमा छ ।