२०८१ श्रावण १२

पत्रकार ज्ञवालीको सर्टफिल्म ‘हनिमुन’ सार्वजनिक
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १०, मंगलवार १७:१७ गते

ब्’टबल,  ।  पत्रकार रामजी ज्ञवालीले आफ्नो जन्मदिन पारेर सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक गरेका छन् । ज्ञवालीद्वारा लिखित र निर्देशित सर्ट फिल्ममा विवाहपछि श्रीमान-श्रीमतीको हनिमुनको क्षणमा विगतका कुरालाई लिएर भएको झगडा र त्यसले निम्त्याएको परिस्थितिलाई फिल्ममा चित्रण गर्न खोजिएको छ ।

विशाल कटवाल र प्रतिभा केसीको अभिनय रहेको उक्त सर्ट फिल्ममा श्रीमान्–श्रीमतीले आफ्ना विगतलाई स्विकार्न सक्नुपर्ने देखाइएको छ । हनिमुनको दिन दुवैले आफ्ना विगतलाई छलफलमार्फत सबै कुरा छर्लंग पानुपर्ने नभए भविष्यमा तिनै विषयले समस्या आउने कुरा फिल्ममार्फत देखाइएको छ ।  १७ मिनेटको हनिमुन फिल्म मुख्यत: विगतका तिता कुरा बिर्सन र सुन्दर भविष्यलाई कल्पना गर्न सन्देश दिएको छ । ब्’टबल, १० फागुन ।

पत्रकार ज्ञवालीका यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘लकडाउन’लगायत एक दर्जन सर्ट फिल्म निर्माण भइसकेका छन् ।