२०८१ फाल्गुन ७
बुटवल २८ फागुन । पारस खड्काले नेतृत्व गरेको सन् २०१४ को टिमले
रुपन्देहीको तिलोत्तमामा एक्साट्रेक लिजेण्ड कपको उपाधि जितेको छ । रुपन्देहीको तिलोत्तमा १७, पूर्व दरखसवामा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा पारस खड्का नेतृत्वको टिमले अर्का पूर्व राष्ट्रिय कप्तान बिनोद दास नेतृत्वको रेष्ट अफ नेपाललाई १७ रनले पराजित गरी उपाधी हात पारेको हो ।
आज भएको फाइनलमा पारसको टिमले पहिले व्याटिङ गरेर १ सय १ रनको लक्ष्य दिएको थियो । विश्व कप लेजेण्ड्सका लागि पारस खडकाले १२ बलमा ३९ रन जोडेका थिए ।
जफावी व्याटिङ गरेको रेष्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।