२०८१ कार्तिक ८

तीन प्रदेश प्रमुख हटाइए
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २८, सोमबार १४:३४ गते

काठमाण्डौं २८ फागुन
सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएको छ । सत्ता समिकरण फेरिएसगै कांग्रेस निकटका प्रदेश प्रमुखहरु हटाइएका हुन् ।
सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखका रूपमा सिफारिस गर्ने सरकारले निर्णय गरेको छ।