२०८१ श्रावण १२

रुपन्देहीमा ३८ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझायो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २९, मंगलवार १३:१४ गते

बुटवल २९ फागुन ।
अबैध रुपमा गोरु ओसारपसार गरिरहेको अबस्थामा रुपन्देहीमा प्रहरीले ३८ वटा गोरु नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिप्रका रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा ट्रकमा ३८ वटा गोरु अबैध रुपमा लोड गरी लैजादै गरेको अबस्थामा नियन्त्रणमा लिइएको हो । ट्रक, मानिस, र गोरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिप्रकाले जनाएको छ ।
जिप्रकाका अनुसार ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलवार रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ रानिबगियामा चेकजाच गर्ने क्रममा अबैध रुपमा लैजादै गरेका गोरु फेला पारेको थियो । पश्चिम बाट पुर्व तर्फ गई रहेको ना ६ ख २३८४ नं.को ट्रकमा अबैध रुपमा लैजादै गरेको अबस्थामा १९ वटा गोरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै अस्थाई प्रहरी पोष्ट रामापुर कलौनी रुपन्देहीबाट खटीएको प्रहरी टोलीले सोमवार सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा चेकजाच गर्ने क्रममा पश्चिम बाट पुर्व तर्फ गई रहेको ना ६ ख २६४५ नं. को ट्रकमा पनि १९ वटा गोरु फेला परेका थिए । नियन्त्रणमा लिइएका गोरु, चालक तथा ट्रकलाई भन्सारमा बुझाइएको प्रनाउ भट्टले बताएका छन् ।