२०८१ श्रावण १२

हजुरबुबा र नातिको हत्याः दुई आरोपी पक्राउ
  • लुम्बिनी खोज
  • २०८० चैत्र ४, आईतवार १४:४४ गते

बुटवल ४ चैत ।
पश्चिम नवलपरासीमा हजुरबा र नातिको हत्या गर्ने दुईजनालाई प्रहरीले हत्याको एक महिनापछि पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवा बस्ने २९ वर्षीय अजय कुमार धरिकार र २० वर्षीय चन्दन हरिजन रहेका छन्।
पक्राउ परेका चन्दन हरिजनको छिमेकी गाउँलेसँग झगडा भएको र उक्त झगडा बेलाटारीमा छलफलपश्चात् मिलेको भए पनि उनले मेलमिलापपछि झगडा गरेका छिमेकीलाई नै हत्या गर्ने योजना बनाएको, तर उनको हत्या गर्न नपाएपछि उनकै छिमेकीको हत्या गरेको प्रहरीले जनाएको छ।
चन्दन हरिजनले अजय धरिकारसँग मिलेर सुस्ता गाउँपालिका ३ मर्चहवाका अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। उनीहरूलाई तालिम प्राप्त कुकुर, सिआइबीसमेतको सहयोगमा अनुसन्धान गरी घटनाको झन्डै १ महिनापछि ३ चैत्रमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
चन्दन हरिजन र अजय धरिकारले चमार हजुरबा र नातिलाई धारिलो हतियार चक्कु प्रहार गरी माघ २९ गते राति हत्या गरेका थिए। हजुरबाको हत्या गर्दा सँगै सुतेका नातिले देखेपछि घटना सार्वजनिक हुने डरले उनीहरूले नातिको पनि हत्या गरेका थिए।
प्रहरीका अनुसार यस्ता छन् हत्याको कारण

 मिति २०८०।१०।२६ गते चन्दन हरिजनले मा।प।से गरी सुस्ता गा।पा।वडा नं। ३ मर्चहवा बस्ने छिमेकीको मोटरसाईकलमा हानेपछी झगडा परेकोले ईलाका प्रहरी कार्यालय बेलाटारीमा निवेदन दिएको ।
 सो बिषयमा मिति २०८०।१०।२८ गते ईलाका प्रहरी कार्यालय बेलाटारीमा दुई पक्षलाई झिकाई छलफल भइको ।
 सोही विषयमा रिसईवी राखी निज विपक्षीसंग बदला लिने योजना बनाई त्रिवेणी नाहन मेलाको मौका पारी निज चन्दन हरिजनको साथी अजय धरिकारले भारतबाट चक्कु खरिद गरी ल्याएको ।
 भोलिपल्ट मिति २०८०र१०र२९ गते बेलुकी अक्षयलाल चमारको घर नजिक गई झगडा भएको छिमेकीलाई कुरेर बसेकोमा सो समयमा निजहरु नआएपछि योजना परिवर्तन गरी सोही स्थानमा बस्ने गरेका अक्षयलाल चमारलाई मारेमा त्यसको आरोप बिपक्षीलाई लगाउन सकिन्छ भन्ने मनसायले घटना घटाएको र संगै सुतेको नातिले देखेपछी निजले प्रतिवादीहरुलाई चिनेको हुदा निजको समेत हत्या गरेको खुल्न आएको ।