२०८१ श्रावण १२

गण्डकीमा दीपक मनाङे बने मन्त्री
  • लुम्बिनी खोज
  • २०८० चैत्र ५, सोमबार १२:२७ गते

पोखरा ५ चैत ।
गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमवार मन्त्रिपरिषद् पुनर्गठन गर्दै मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङेले एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका थिए । गत निर्वाचनमा मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
गुरुङ प्रदेश सभाको अघिल्लो कार्यकालमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा खेलकुद तथा युवामन्त्री थिए ।