२०८१ श्रावण १२

नेप्सेमा ३ अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८० चैत्र ५, सोमबार १२:३७ गते

बुटवल ५ चैत ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३.२७ अंकले बढेको छ । आज नेप्से दुई हजार ७३.५३ विन्दुमा पुगेको छ।
आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता सेयर ५३ हजार दुई सय ५६ पटक खरिद–बिक्री भएको छ । आज दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ।