२०८१ श्रावण १२

शाइन रेसुंगा बैंक १४ औं बर्ष प्रवेश
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ११, बुधबार १४:०० गते

बुटवल, ११ फागुन । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. १४ औं बर्ष प्रवेश गरेको छ । १४ औं बर्ष प्रवेशका अवसरमा बैंकले बुधवार बुटवलमा कार्यक्रम गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गते तीन जिल्ला कार्यक्षेत्रसहित शुरु भएको बैंकको हाल जारी पँुजी ५ अर्ब र चुक्ता पूँजी ३ अर्व ७८ करोड रहेको बताए । लुम्बिनी प्रदेशका रोल्पा र रुकुम बाहेक १० जिल्लामा ७१ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालय, बागमतिको चितवनमा १, काठमाण्डौंमा ५, गण्डकीको पोखरामा १, बाग्लुगंमा १, सुदुरपश्चिमको कैलालीमा २, कन्चनपुरमा १ र कर्णालीको सुर्खेतमा १ सहित कूल ८३ वटा शाखा कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका उनले जानकारी गराए ।
बैंकले पुस मसान्तसम्म ४१ अर्ब १६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको र ५ लाख भन्दा बढी ग्राहकहरु रहेका अध्यक्ष पौडेलले जानकारी गराए । बैंकले २०७८ पौष मसान्त सम्ममा कृषि क्षेत्रमा ७ दशमलव ८५ प्रतिशत, पयर्टन क्षेत्रमा १४ दशमलव ०६ प्रतिशत र लघु, घरेलु तथा साना उद्यम÷ब्यवसाय क्षेत्रमा ९दशमलव ८४ प्रतिशत गरी प्राथमिकताप्राप्त क्षेत्रमा कूल कर्जाको ३१दशमलव ७५ प्रतिशत लगानी गरेको पौडेलले जानकारी गराए

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैंकिङलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशको आर्थिक विकास र समृद्धिका लागि दरिलो खम्बाको रुपमा प्रदेशको पहिलो रोजाईको बैंक बनाउन अग्रसर रहेको बताए ।
गत वर्षदेखि राष्ट्रियस्तरमा स्तरोन्नति भएको बैंकले आगामी दिनमा नेपाल धितोपत्र बोर्डवाट अनुमति लिई मर्चेन्ट बैकिङ्ग सम्बन्धी काम गर्ने सहायक कम्पनी स्थापना गर्ने लक्ष्य लिएको सीईओ पौडेलले बताए ।
समाजसंगै बैंक भन्ने अभियान अन्तर्गत बैंकले संस्थागत सामाजिक क्षेत्र अन्तर्गत दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्र, वित्तीय जागरण, दन्त स्वास्थ्य उपचार शिविर लगायतका क्षेत्रहरुमा काम गरेको अध्यक्ष पौडेलले बताए ।
बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न चालु आ.व. मा बैंकको शाखा कार्यालयहरु सञ्चालनमा रहेका बिभिन्न जिल्लामा सञ्चालित २६ वटा शैक्षिक संस्थामा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन गरेको र आगामी आर्थिक बर्षमा १४ वटा सरकारी बिद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता अभियान सञ्चालन गर्ने अध्यक्ष पौडेलले बताए ।