२०८१ श्रावण १२

ट्रष्ट माइक्रो इन्स्योरेन्सको प्रधान कार्यालय उद्घाटन
  • लुम्बिनी खोज
  • २०८० चैत्र ९, शुक्रबार १५:०३ गते

बुटवल, ९चैत्र ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सल कम्पनीले निर्जीवन बीमा ब्यवसाय शुरु गरेको छ । रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले गत फागुन २७ गतेबाट ब्यवसाय शुरु गरेकोमा प्रधान कार्यालयको शुक्रवार उद्घाटन गरिएको छ ।
रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा यसकोे प्रधान कार्यालय रहेको छ । संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले केन्द्रीय कार्यालय पछि अन्य शाखा खोल्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको बताएका छन् ।
चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने छ । कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति सस्थामा आबद्ध ७१ जना यसका शेयर सदस्य रहेका छन् । मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा ल्याइएको पोखरेलको भनाइ छ ।
माइको इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा व्यवसाय अन्तर्गत लघु मीटर बीमा, लघु सम्पत्ती बीमा, लघु सेंधमारी तथा नकवजनी बीमा, लघु घर बीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घटना बीमा,लघु सामुहिक दुर्घटना बीमा, कृषि तथा पशुपंक्षी लघु बीमा लगायतका वीमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवी प्रकोपजन्य हुने हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथमा आएको कम्पनीको भनाइ छ ।
ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले अन्य बीमा कम्पनीले भन्दा सहज र सुविधासहितको सेवा दिने गरी अगाडी बढ्ने बताएका छन् । प्रधान कार्यालयको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लिला गिरीले उद्घाटन गरे । कार्यक्रममा नेपाल बिमा प्राधिकरण संचालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बीमा भएको उल्लेख गर्दै धेरै अगाडीको बाटोमा आउने चुनौतीको सामना गर्दै अघि बढेर सफल बन्नु पर्ने धारणा राखे ।
नेपाल बिमा प्राधिकरण सहनिर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधै साथमै रहने बताए । प्राधिकरणका लुम्बिनी प्रमुख पुर्णबहादुर थापाले जनतालाइ सरल सेवा सहज र दाबि भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिए ।
कार्यक्रममा शिक्षाबिद् दिपेन्द्र ढकाल, साइन डेभलपमेन्ट बंैकका अध्यक्ष थानेश्वर पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,मनोज भट्टराइलगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिए ।