२०८१ श्रावण १२

बुटवल उवासंघमा होली मिलन
  • लुम्बिनी खोज
  • २०८० चैत्र ११, आईतवार १४:५४ गते

बुटवल ११ चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन कार्यक्रम गरिएको गरिएको छ । रंगहरुको पर्व होलीको अवसरमा आईतबार संघमा होली मिलन गरिएको हो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसायिक संघसंस्थाहरुले दिएको सुझाव र सल्लाहका आधारमा नगरपालिकाले योजना निर्माण गर्ने बताए । ‘यहाँका व्यवसायिक संघसंस्थाहरुले दिएका सुझाव सल्लाह अनुसार हामी काम गर्न तयार छौं ।’ उनले भने–‘समस्या मात्रै होईन, समस्याको समाधान पनि कसरी हुनसक्छ, तपाईहरुले दिनुभएको सुझाव अनुसार हामी अगाडि बढ्छौं ।’
संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापार व्यवसायलाई चलायमान बनाउन र आर्थिक क्रियाकलाप बढाउन सबैले आफ्नो आफ्नो ठाँउबाट सोंच्ने बेला आएको बताए । उनले व्यापार व्यवसाय विस्थापित भएपछि त्यसलाई फेरी फर्काउन नसकिने बताउँदै विस्थापित नहुँदै कसरी जोगाउन सकिन्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष शंकरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्ति अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।