७ जेष्ठ २०८१, सोमबार

बुटवल हस्पिटलले माग्यो ठूलो संख्यामा चिकित्सक र कर्मचारी, नयाँ भवनबाट सेवा
  • लुम्बिनी खोज
  • १५ चैत्र २०८०, बिहीबार ०८:०२

बुटवल १५ चैत ।
बुटवल स्थीत बुटवल हस्पिटल प्रालि नयाँ व्यवस्थापनका साथ अगाडी बढाउन एकै पटक ६० जना भन्दा पनि बढी कर्मचारी थप गर्न लागिएको छ । डाक्टर नर्ससहित विभिन्न पदका लागि जनशक्ति थप गर्न लागिएको अस्पतालले जनाएको छ । नीजि क्षेत्रबाट सञ्चालित अस्पताल मध्ये बुटवल क्षेत्रको प्रतिष्ठित अस्पतालका रुपमा स्थापना गर्न भौतिक संरचना सहित जनशक्ति थप गर्न लागिएको छ । निकट भविष्यमा एक सय वेडको अस्पताल सञ्चालन गर्ने गरी ९ तलाको आधुनिक भवन निर्माण गरिएको प्रालिका अध्यक्ष चुन्नु पौडेलले बताए । गुणस्तर सेवा उपलब्ध गराउने गरी आवश्यक तयारी गरिएको उनले बताए । उपत्याका बाहिर अत्याधुनिक मोडुलर अप्रेशन थ्रेटर २ वटा सहित विभिन्न खालका रोगको गुणस्तरीय उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको सेवा अस्पतालमा उपलब्ध गराउन हस्पिटल लागि परेको अध्यक्ष पौडेलको भनाइ छ ।
हस्पिटलले मेडिकल अफिसर, बायोमेडिकल इन्जिनियर, मार्केटिङ अफिसरसहितका जनशक्ति थप गर्न लागेको छ । बुटवल स्थीत अस्पतालमा सञ्चालनमा रहेको बुटवल हस्पिटल नया वर्षसगै नया भवनमा सञ्चालनको तयारी छ । चादवारी चोक स्थीत भवनबाट सेवा दिने तयारीमा अस्पताल जुटेको छ ।