२०८१ श्रावण १२

हावाहुरीले पोल ढलेपछि गुल्मीमा विद्युत् अवरुद्ध
  • लुम्बिनी खोज
  • २०८० चैत्र १७, शनिबार १६:५१ गते

बुटवल,१७ चैत ।

शनिबार बेलुकी आएको हावाहुरीले बिजुलीका पोलहरू ढलेपछि गुल्मीमा विद्युत् अवरुद्ध भएको छ।

वीरवास सब–स्टेसनमा आउने ३३ केभिए लाइनअन्तर्गत अर्घाखाँची बलकोट क्षेत्रमा रुख र पोलहरू ढलेका छन्।  हावा हुरीले गुल्मीको रिडी–वीरवासका हाइटेन्सन लाइन जडान गरिएका चार-पाँचवटा पोल ढलेपछि गुल्मी वितरण केन्द्रको विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणको गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए।

अर्घाखाँची आफूहरूको कार्यक्षेत्र नभए पनि मर्मत कार्य भइरहेको र गुल्मीतर्फ पनि मर्मत गरेर लाइन सञ्चालन गरिने पोख्रेलले बताए।