२०८१ श्रावण १२

बागमतीमा मन्त्रिपरिषद विस्तार : १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त
  • लुम्बिनी खोज
  • २०८० चैत्र २०, मंगलवार १५:५७ गते

बुटवल, २०  चैत ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रदेशमा १२ मन्त्रालय रहे १३ मन्त्री नियुक्त भएका छन् ।

मङ्गलबार मन्त्रिपरिषदमा थप ५ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले सोमबार संसदबाट विश्वासको मत लिए लगत्तै नेकपा एकीकृत समाजवादी पार्टीबाट रमा आले मगरलाई मन्त्री नियुक्त गरेका थिए भने उनले सोमबार शपथ लिएकी थिइन् ।

त्यसको केही समयपछि मुख्यमन्त्री जम्कट्टेलले एमालेका ४ जनालाई मन्त्रिपरिषदमा नियुक्त गरेर प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ गराएका थिए ।

मङ्गलबार थपिएका मन्त्रीमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ छन् ।

एकीकृत समाजवादी पार्टीकी आले मगरको जिम्मेवारी तोकिएको छैन ।