२०८१ श्रावण १२

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
  • लुम्बिनी खोज
  • २०८० चैत्र २२, बिहीबार १६:३८ गते

बुटवल, २२चैत ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिएका छन । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिएका हुन । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गदै उनले राजीनामा गरेको बताए  ।

मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरेपनि असफल भएपछि राजीनामाको गरेका हुन । । मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत प्राप्त गरेका थिए  ।

मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै राजनीतिक उथलपुथलले सङ्घीयता खतरामा रहेको समेत बताए। पटक–पटक सरकार बन्ने र भत्कने खेलले प्रदेशको औचित्य साबित गर्न नसकिने भन्दै अब दलहरू प्रदेश, सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी छलफल गर्न आवश्यक रहेको बताए ।

मुख्यमन्त्री चौधरीले राजीनामा गरेपछि लुम्बिनीमा नयाँ सरकारको गठनको बाटो खलेको छ । नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई मुख्यमन्त्री दिने सहमति भएको छ । गठबन्धनको नेतृत्व गर्दै माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने छन । उनको पक्षमा प्रदेशसभामा बहुमत देखिएको छ ।