२०८१ श्रावण १२

लुम्बिनी प्रदेश प्रमुखले शुक्रबार सरकार गठनका लागि आह्वान गर्ने
  • लुम्बिनी खोज
  • २०८० चैत्र २२, बिहीबार १६:५१ गते

बुटवल,२२चैत । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन  शुक्रबार दलहरूलाई सरकार गठनका लागि आह्वान गर्ने तयारीमा रहेका  छन्।

प्रदेश प्रमुख शेरचनले  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका हुन् ।उनले संविधानअनुसार  शुक्रबार बिहान सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको प्रदेश प्रमुख शेरचनको सचिवालयले जनाएको छ।

 

प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नासाथ बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न सकिने संवैधानिक प्रावधान छ।