७ जेष्ठ २०८१, सोमबार

राममणि क्याम्पसमा अनुसन्धनात्मक प्रशिक्षण
  • लुम्बिनी खोज
  • २२ चैत्र २०८०, बिहीबार १७:३१

बुटवल,२२ चैत ।

रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा सञ्चालित ३ दिने अनुसन्धनात्मक प्रशिक्षण सम्पन्न भएको छ ।
अनुसन्धान समितिका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा भएको प्रशिक्षण समापन गर्दै सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले प्राज्ञिकता अभिवृद्धिका लागि प्रशिक्षण उपयोगी रहने बताए ।
प्रशिक्षण कार्यक्रममा क्याम्पसका प्राध्यापकहरूः डा. अशोक भण्डारीले अनुसन्धान प्रस्तावना, माया घिमिरेले अनुसन्धानको विषय तथा शीर्षक, कृष्णकुमार रेग्मीले पूर्वकार्य समीक्षा र नोवराज तिवारीले एस.पी.एस.एस. का उपयोग शैलीबारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण समापनका अवसरमा माया घिमिरे, डा. अशोक भण्डारी र कृष्णकुमार रेग्मीले आफ्ना अनुसन्धान पत्रहरूको प्रस्तुति दिँदै लेखनशैलीका नमूना पेश गरेका थिए । त्यसअघि गत चैत १८ गते क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले प्रशिक्षण उद्घाटन गर्दै प्राज्ञिक उन्नयनका लागि अनुसन्धान प्रशिक्षण आयोजना गरिएको बताएका थिए ।