२०८१ श्रावण १२

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
  • लुम्बिनी खोज
  • २०८० चैत्र २३, शुक्रबार १०:१५ गते

बुटवल,२३ चैत ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

उनलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा (एकीकृत समाजवादी)का १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।