२०८१ श्रावण १२

प्रेस सेन्टर रूपन्देहीद्वारा अग्रज पत्रकार सम्मानित
  • लुम्बिनी खोज
  • २०८० चैत्र २५, आईतवार १४:०८ गते

बुटवल,२५ चैत ।

आइतबार बुटवलमा पत्रकारीता क्षेत्रमा लामो समय योगदान गरेका अग्रज पत्रकारहरूलाई सम्मान गरेको हो । प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्की, मदनलाल पौडेल अग्रज पत्रकारहरू नारायण सापकोटा, गुरूदत्त ज्ञवाली, दुर्गा पौडेल, यानेन्द्र जिसी, प्रेस सेन्टर रूपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ न्यौपाने पूर्व अध्यक्षहरू नारायण ज्ञवाली, युवराज पाण्डे , रूद्रहरी कुँवर, भुवन कार्की र कमल रायमाझीलाई सम्मान गरीएको संगठनले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन । सोही अवसरमा बोल्दै पूर्व मन्त्री बरालले पत्रकारहरूले सधैँ दुखी गरिबको पक्षमा लेख्नु पर्ने बताए । पुँजीपती बर्गले विचार विहिन, चेतनाविहिन बनाउन लागी परेको उल्लेख गर्दै नयाँ पुस्तालाई समाजको बारेमा बुझाउनु आवश्यक रहेको बताए । पुरानो पुस्तालाई सम्मान गरेर अघि वढ्न सके मात्रै पत्रकारिता क्षेत्रको विकास गर्न सकिने उनको भनाई थियो ।
त्यस्तैगरी प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीले आफ्नो समयमा पत्रकारिताको माध्यमबाट रूपान्तरणका पक्षमा सशक्त आवाज उठाएको स्मरण गर्दै इमान्दारितापूर्वक सकारात्मक परिवर्तनको पक्षमा कलम चलाउन सुझाए । उनले परिवर्तन संस्थागत गर्नुको साटो नेताहरू भ्रष्टिकरणको मार्गमा हिडेको भन्दै चिन्ता व्यक्त गरे । बरिस्ठ पत्रकार डा।बालकृष्ण चापागाईंले अग्रज पत्रकारहरूलाई सम्मान गर्नु समग्र पत्रकारिता क्षेत्रको सम्मान भएको बताए ।

 

नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले अग्रजको सम्मान गर्नु अहिलेको पुस्ताको जिम्मेवारी भएको बताए । उनले पेस सेन्टरले अग्रजहरूलाई सम्मान गरेको देख्दा आफुलाई खुसी लागेको समेत बताए । कार्यक्रम प्रेस सेन्टर नेपाल रूपन्देहीका अध्यक्ष बिष्णु प्रसाद पोखरेलको अध्यक्षता र सचिव रमेश गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।