८ जेष्ठ २०८१, मंगलवार

भोलि इद उल फित्र, सार्वजनिक बिदा
  • लुम्बिनी खोज
  • २८ चैत्र २०८०, बुधबार १२:३९

काठमाण्डौं २८ चैत ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र (इद)को अवसरमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ।
इद उल फित्र इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। यो पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ। इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र (इद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।