२०८१ श्रावण १२

व्यापार संघले गर्‍यो शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० चैत्र २९, बिहीबार १५:४८ गते

बुटवल, २९ चैत्र ।
रुपन्देही व्यापार संघले नया बर्ष–२०८१ को पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा पश्चिम नेपाल वस व्यवसायी प्रालीको नवनिर्वाचित सञ्चालक समितिलाई सम्मान गरेको छ ।
तिलोत्तमास्थित शंकरनगर वनवाटिकामा आयोजित एक कार्यक्रममा शुभकामना आदान प्रदान तथा पश्चिम नेपाल वस व्यवसायी प्रालीको नवनिर्वाचित सञ्चालक समितिलाई सम्मानका साथै संघको एवं विभिन्न वस्तुगत उपसमितिहरुले प्रकाशन गरेका भित्ते तथा टेवुल पात्रोको विमोचन पनि गरिएको थियो । सो अवसरमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रमसहित वनभोज कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सामाजिक सद्भाव र मेलमिलापका लागि नया वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा व्यवसायीक शिथिलता हट्ने भन्दै व्यवसायीक एकतामा जोड दिए ।
संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले नया बर्षले सबैमा उमंग र प्रेरणा वढाउने विश्वास व्यक्त गर्दै व्यवसायमा आएको मन्दी र आर्थतन्त्रका जटिलतालाई सामना गर्नका लागि व्यवसायीक एकता नै मुख्य हतियार भएको धारणा राखे ।
पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले आफुहरुले पाएको सम्मानले जिम्मेवारी थपिएको महशुस भएको बताउदै आगामी दिनमा नया जोश जाँगरका साथ व्यवसायीक क्षेत्रका समस्या समाधान गर्न सबैको साथ सहयोगको अपेक्षा व्यक्त गरे ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले व्यवसायीक संघसंस्थाहरुले सदैव चुनौतिको सामना गर्दै समस्याको समाधानका लागि अग्रसरता देखाउने विश्वास व्यक्त गरे ।
कार्यक्रम संघको धारणा राख्दै अध्यक्ष दिपक प्रसाद अधिकारीले व्यवसायीक संघसंस्थाहरुवीचको सम्बन्धलाई प्रगाढ बनाउन र आपसी मेलमिलाप बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले व्यवसायीक क्षेत्रमा देखिएका समस्याको हल गर्न सम्पूर्ण व्यवसायीकहरु एकताबद्ध भएर अगाडि वढनु पर्ने बताउदै पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको अन्त्य गर्न जरुरी भएको धारणा राखे ।
संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले नया वर्षले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाईहरु अन्त्य हुने आशा व्यक्त गरे ।
संघका पूर्व अध्यक्षहरु मोतीलाल पाण्डे, शंकर भट्टराई, श्रीकृष्ण पोखरेलले व्यापार संघलाई थप सवल र गतिशिल संस्थाको रुपमा स्थापित गर्न वर्तमान नेतृत्व लागिपरेको उल्लेख गर्दै नया सालमा अझ गतिशिल बन्ने विश्वास व्यक्त गरे ।
संघका सल्लाहाकार तथा मणिमुकुन्द पार्कका अध्यक्ष माधव नेपालले संघलाई व्यवसायीक हकहितका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय बनाउन आग्रह गर्दै पर्यटन क्षेत्रको विकासमा योगदान गर्न सुझाव दिए ।
कार्यक्रम संघका महासचिव फर्सुराम पन्थको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा संघले आयोजना गरेको लुम्बिनी एक्स्पो–२०८० मा सक्रिय रुपमा सहभागी विभिन्न उपसमितिमा बसेर काम गरेका व्यवसायीहरु, सञ्चारकर्मी तथा वस्तुगत उपसमितिका सदस्यहरु करिव ३ सय जनाको सहभागीता रहेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिए ।