२०८१ श्रावण १२

नयाँ वर्ष २०८१ हर्षोल्लास साथ मनाइँदै
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १, शनिबार ११:१९ गते

 

बुटवल १ बैशाख ।
आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगरसहित दलका नेताहरुले शुभकामना दिएका छन् ।