२०८१ श्रावण १२

जैसिथोक रुपन्देही सम्पर्क समाजको शुभकामना आदान प्रदान तथा भित्ते पात्रोको बिमोचन
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १, शनिबार १६:३६ गते

बुटवल, १ बैशाक ।
गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजद्धारा नया बर्ष ०८१ अबसरमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रोको बिमोचन एक कार्यक्रममा साथ बुटवलमा सम्पन्न भएको छ ।

नया बर्षको अबसर पारेर गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजद्धारा प्रकाशित भित्ते पात्रोको बिमोचन कार्यक्रममा सहभागि मध्येबाट जेष्ठ सदस्य नरेन्द्र पोखरेलले गरेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार तारा खनाल ,समाजका सदस्य एबं कोरापानी बचत समुहका अध्यक्ष यदुमणी पोखरेल , समाजका अर्का सदस्य राजेन्द्र पोखरेल लगायतले बोल्दै समाजको आबस्यक्ता र महत्बको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम समाजका सदस्य तथा भित्ते पात्रो प्रकाशन समितिका संयोजक नरेश पोखरेलको अध्यक्षतामा र समाजका सचिब दिपक पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमा बिभिन्न सास्कृतिक कार्यक्रम पनि सम्पन्न भएका थिए ।