२०८१ श्रावण १२

सुन तोलामा दुई हजार दुई सयले घट्यो
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २, आईतवार ०७:४५ गते

काठमाण्डौं २ बैशाख ।
आज सुनको मूल्य २ हजार रुपैया भन्दा पनि बढीले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर एक हजार सात सय कायम भएको छ ।