२०८१ श्रावण १२

आम्दा अस्पताललाई ३ सय शैयामा स्तरोन्नति गरिने
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ४, मंगलवार १५:२७ गते

 

बुटवल, ४ बैशाख ।
बुटवल स्थीत आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरवृद्विका विभिन्न योजनाहरु अगाडी सारिएको छ । अस्पतालमा हाल १ सय वेड (शैया) रहेकोमा ३ सय बेड बनाउने तयारी गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विनोद पराजुलीले अस्पतालको गुणस्तर वृद्धिका लागि आधुनिक उपकरणको जडान गर्ने योजना रहेको बताएका छन् ।
यो अस्पताल २०५५ कार्तिक १६ गते स्थापना गरिएको थियो । सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सम्झौता र सहयोगमा अस्पताल स्थापना भएको थियो ।
अस्पातलामा बाल मुटुरोग सेवा, साना बच्चाहरुको अप्रेशन लगायत अन्य स्वास्थ्य सेवा सञ्चालन गरेको छ । अस्पतालले बाल तथा महिला मृत्यु दरलाई घटाउन योगदान दिएको अस्पतलाका मेसु डाक्टर पराजुलीको भनाई छ।
अस्पतालले मंगलवार गरेको कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउने गरी काम अगाडी बढाएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अस्पतालले समय सापेक्ष रुपमा अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । अस्पतालको थप विकासका लागि सहयोग गर्ने धारणा राख्दै उनले स्वास्थ्यकर्मीहरुको ब्यवहार राम्रो बनाउनुपर्ने आवश्यकतामा जोड दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पत्रकार कल्पना तिवारीले स्वास्थ्य क्षेत्रका बारेमा धारणा राखेका थिए ।