२०८१ श्रावण १२

एनएमबि बैंक लुम्बिनी प्रदेशको सिद्धबाबा मन्दिरमा हेरिटेज वाक
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ६, बिहीबार १०:४० गते

बुटवल ।
एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)–२०२४ कार्यक्रम गरेको छ । विश्व सम्पदा दिवस –२०२४ को अवसरमा एनएमबि बैंक लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीहरुको सहभागीमा बुटवल ट्राफिकचोक देखि सिद्धबाबा मन्दिर सम्म हेरिटेज वाक गरिएको हो ।
सहभागी कर्मचारीलाइ स्वागत गर्दै बैंकका लुम्बिनी प्रदेश अप्रेसन म्यानेजर एवं हेरिटेज वाक टिम लिडर सुन्दर थापाले सम्पदा संरक्षण, संमर्धन र महत्त्व सम्बन्धि जनचेतना जगाउने उद्देश्यले हेरिटेज वाक गरिएको बताए ।
बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजरहरु मेघराज तिमिसिना र प्रभात सिंह खाती तथा सिनियर रिस्क म्यानेजर कमल न्यौपानेले हेरिटेज वाकको शुभारम्भ गरेका थिए ।
करिब १०० जना कर्मचारीको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले सम्पदा संरक्षण गरौ, सम्पदा जोगाऔ, लगायतका नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । बुटवलको ट्राफिकचोक स्थित एनएमबि बैकको शाखा कार्यालयबाट शुरु गरिएको पदयात्रा राममन्दिर लाइन, जेसीजचोक, गोलपार्क हुँदै सिद्धबाबा मन्दिरमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा एनएमबि बैंकको तर्फदेखि एरिया म्यानेजरहरु मेघराज तिमिसिना, प्रभात सिंह खाती, सिनियर रिस्क म्यानेजर कमल न्यौपाने र अप्रेसन म्यानेजर सुन्दर थापाले सिद्धबाबा व्यवस्थापन समितिका उपाध्यक्ष अमर बहादुर खड्कालाइ डस्टबिन, कुचो लगायतका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
कार्यक्रम बोल्दै सिनियर एरिया म्यानेजर मेघराज तिमिसिनाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै एनएमबि बैंकले सन् २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाकका कार्यक्रमहरु गर्दै आएको बताए । सोहि अनुरुप प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाई महत्व दिदै ऐतिहासिक एवं धार्मिक आस्थाको सिद्धबाबा मन्दिरमा ११ औ सम्पदा पदयात्रा गरिएको बताए ।
लुम्बिनी प्रदेश कार्यालयका सिनियर रिस्क अफिसर राम शर्मा, कर्जा असुली अफिसर कृष्ण देवकोटा, विभिन्न शाखाका शाखा प्रबन्धकहरु एवं कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले गरेका थिए ।
अप्रिल १८ गते पर्ने विश्व सम्पदा दिवसको अवसरमा एनएमबि बैंकले काठमाडौ लगायत सातै प्रदेशमा हेरिटेज वाक कार्यक्रमहरु गरेको छ। एनएमबि बैंक ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर एसियाबाट सम्मानित भएकोथियो ।