२०८१ श्रावण १२

लुम्बिनीमा जसपाका मन्त्रीले दिए राजीनामा
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ९, आईतवार १३:३७ गते

बुटवल ९ बैशाख ।
लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले राजीनामा दिएका छन् । सरकार गठन गर्दा भएको सहमति कार्यान्वयन नभएको भन्दै जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिएका छन्।
जोखबहादुर महरा नेतृत्वको लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका हुन्। कृषि तथा भूमि व्यवस्था मन्त्रालय सम्हालेका उनले पार्टीले राजीनामा दिन निर्देशन दिएपछि मन्त्री पदबाट राजीनामा दिएको बताए।
उनले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिएका छन्। चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका जोखबहादुर महराले अहिरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेकोमा यही वैशाख ६ गते कृषिमन्त्रीको जिम्मेवारी दिएका थिए।
सत्तागठबन्धनमा चैत २२ गते भएको सहमतिमा जसपालाई दुई मन्त्रालय दिने लिखित सहमति भएको, तर मन्त्रिपरिषद् विस्तार गर्दा जसपाबाट थप एकजना मन्त्री नियुक्त नगरेपछि राजीनामा दिएको जसपाले जनाएको छ।
सरकारबाट फिर्ता भए पनि समर्थन भने कायम रहेको अहिरले बताए।