२०८१ श्रावण १२

अर्थ सचिवमा मधु मरासिनी
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १०, सोमबार ०७:२८ गते

काठमाडौं १० बैशाख।
सरकारले अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो।
हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।
भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा सचिव थिए ।