२०८१ श्रावण १२

कतारका राजाको भ्रमणमा मंगलबार बिदा
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १०, सोमबार ०७:३९ गते

काठमाण्डौं १० बैशाख ।
सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। कतारका राजा मंगलबार शेख तमिम नेपालको दुई दिने भ्रमणमा नेपाल आउँदै छन्। कतारका राजाको भ्रमणका क्रममा हुने विभिन्न सम्झौताबारे पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो ।