४ जेष्ठ २०८१, शुक्रबार

कतारका राजालाई भव्य स्वागत
  • लुम्बिनी खोज
  • ११ बैशाख २०८१, मंगलवार ११:३५

काठमाण्डौं ११ बैशाख ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा भव्य स्वागत गरिएको छ । आज अपराह्न बंगलादेशबाट विशेष विमानमा भ्रमण दलका सदस्यसहित उनी काठमाडौं आइपुगेका हुन्।
राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र स्वागत गरे।
भ्रमण दलमा रहेका कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातसम्बन्धी मन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहममद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी काठमाडौं आएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजाबीच अपराह्न शीतलनिवासमा द्विपक्षीय वार्ता र साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजा थानीको सम्मानमा राजकीय भोज आयोजना गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बुधबार बिहान होटेल सोल्टीमा औपचारिक वार्ता हुने र विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकामा दिवाभोज आयोजना गरेका छन्।कतारका राजा भोलि अपराह्न २ बजे कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ।