४ जेष्ठ २०८१, शुक्रबार

नयाँ गठबन्धको सरकार बनेपछि आर्थिक वृद्धिदरमा सकारात्मक परिबर्तनको संकेत: बलदेव
  • लुम्बिनी खोज
  • १६ बैशाख २०८१, आईतवार १०:५०

बुटवल, १६वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनालले नया गठबन्धको सरकार बनपछि देशको आर्थिक वृद्धिदरमा सकारात्मक परिबर्तनको संकेत देखिन थालेको बताएका छन ।
नेकपा माओवादी केन्द्र गुल्मी जिल्लाको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले काग्रेससंगको गठबन्धनको सरकार भन्दा एमाले, माओवादी र सरकारमा सहभागि अन्य दलहरुको नया गठबन्धन सरकार बनेपछि देशको आर्थिक बृद्धीमा सकारात्मक सूचकहरु देखा परेको बताउदै देश र जनताको हितकोलागि बर्तमान सरकारकै निरन्तरता अबश्यक रहेको बताए ।
पुर्ब मन्त्री समेत रहेका नेता खनालले सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निश्कर्षमा पुर्याउनु पर्नेमा जोड दिएका छन । शान्ति प्रक्रियाका बाँकी कार्यहरुलाई पूरा गर्न र र देशलाई आर्थिक सम्बृद्धीको यात्रामा अगाडी बढाउनको लागि माओवादी पार्टी नै सक्षम रहेकाले पनि सरकारको नेतृत्व पनि माओबादीले गरेको बताएका छन ।
कार्यक्रममा माओवादीकेन्द्र गुल्मी जिल्लाका १२ वटै स्थानीय तहका नेताहरुले पालिकाको बारेमा रिपोर्ट प्रस्तुत गरेका थिए ।
यस्तै जिल्ला संयोजकको रुपमा तेजिन्द्र सलामी मगरले पदभार ग्रहण गरेका थिए । निवर्तमान जिल्ला संयोजक युवराज केशीले सलामीलाई माइन्युट हस्तान्तरण गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।