४ जेष्ठ २०८१, शुक्रबार

इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
  • लुम्बिनी खोज
  • १८ बैशाख २०८१, मंगलवार ०२:२३

बुटवल,१८ बैशाख ।
इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित भएका थिए ।सुहाङसँगै चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत पाएका छन । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो भएका छन ।