७ जेष्ठ २०८१, सोमबार

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
  • लुम्बिनी खोज
  • २० बैशाख २०८१, बिहीबार ०२:५८

बुटवल, २०बैशाख ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नाराका साथ छैटौँ ‘आईसीटी डे’ मनाउन लागिएको हो ।यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार दिवसका अवसरमा सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गरिनेछ ।

नेपालमा कम्प्युटर एसोसिएशन नेपाल ९क्यान० सन् १९९२ मा स्थापना भएको थियो, क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो ।
सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारसँगै साइबर अपराध पनि बढ्दै गएको छ । ह्याकिङ, बौद्धिक सम्पत्ति चोरी, क्रेडिट कार्ड क्लोनिङ, फिसिङ, व्यक्तिको मानहानि, सफ्टवेयर पाइरेसी, झुटा इमेल, यौन उत्पीडन, साइबर बुलिङलगायतको जोखिम बढेको छ ।
ह्याकर र साइबर अपराधीले नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी गतिविधिलाई नियालिरहे पनि रोकथाममा प्रभावकारी काम हुन सकेको छैन । राज्यले नागरिकको डाटा सुरक्षा गर्न नसक्दा सरकारी सेवाहरूप्रतिको विश्वास गुुम्दै गएको छ ।