२०८१ श्रावण १२

रुपन्देही सुपर लिग ःशंकरनगर क्रिकेट क्लब विजयी
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १८, बुधबार १७:११ गते

बुटवल,१८ फागुन ।
रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन बीको बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबले बुटवल राइनोज क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय १२ रनको योगफल बनायो । उसका लागि विशाल विक्रम केसीले ६६, विराट भण्डारीले ५७ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका सन्जु बोहराले ३, कुशल सिंह र अमृत थापाले समान २–२ विकेट लिए । जवाफी व्याटिङमा आएको बुटवल राइनोज ४९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ८६ रनमै समेटियो । उसका लागि दीपक डुम्रेले ४२ र सुरज सारुले ३९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा शंकरनगरका सन्तोषबहादुर खत्रीले ३, विशाल विक्रम केसीले १ विकेट लिए । म्यान अफ द म्याच हुँदै विशाल विक्रम केसीले १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
बिहीबार डिभिजन बीअन्तर्गतको अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।