२०८१ श्रावण १२

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्चमा
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २७, बिहीबार ११:०० गते

बुटवल २७ बैशाख ।
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्। कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्। कार्कीको नियुक्तिविरुद्ध आज सर्वोच्च अदालतमा रिट समेत परेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ ।

नव नियुक्त मुख्यमन्त्री कार्की झापा निर्वाचन क्षेत्र ५ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचिन भएका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीकी निर्मला लिम्बूको पनि उपस्थिति थियो।
यसैबीच कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ ।
साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।