२०८१ श्रावण १२

चिकित्सकको सिफारिसबिना औषधी बिक्री बितरण गर्ने पक्राउ
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २७, बिहीबार १३:१५ गते

बुटवल २७ बैशाख ।
चिकित्सकको सिफारिस बिना औषधी विक्रि गरेको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा संचालनमा रहेको वैदावार फार्मेसिको नामको बोर्ड लगाएको (प्रमाण पत्रमा डिस्कामुनी मेडिकल हल बुटवल ८) लेखेको पसलका सञ्चालक पक्राउ परेका हुन् । अछाम तुर्माखात गाउपालिका वडा नं. ८ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं.११ बस्ने कमल बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
पसलबाट लापरवाही पुर्ण तरिकाले विभिन्न औषधीहरु विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उक्त फर्मेशी र निज डेरा गरी बस्ने गरेको कोठामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा मान्यता प्राप्त चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री बितरण गर्न नहुने औषधिहरु बिक्री बितरण गरेको पाइएपछि विकसहित केही ब्यक्तिलाई पक्राउ गरिएको जल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जनाएका छन् । प्रहरीले विभिन्न थरिका औषधीहरु बरामद गरेको पनि जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बरामद औषधी र सञ्चालकलाई थप कारवाहीका लागि औषधी ब्यवस्था विभागमा पठाइने बताए । चिकित्सकको सिफारिस विना प्रयोग गरिने कतिपय औषधीको जथाभावि प्रयोग लागु औषध प्रयोग कर्ताबाट हुन सक्ने भन्दै प्रहरीले जथाभावी प्रयोग रोक्न औषधीसहित सञ्चालक पक्राउ गरिएको जनाएको छ । पक्राउ गरिएका अन्य तीन जनाले सोही पसलबाट औषधी किनेकाले थप सोधपुछ तथा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।