२०८१ श्रावण १२

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २८, शुक्रबार १२:०२ गते

आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाए
बुटवल २८ बैशाख ।
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ।उक्त अदालतका दुई जना न्यायाधीशहरू सम्मिलित एक इजलासले उनलाई अन्तरिम जमानत दिने निर्णय गरेको हो।
बीबीसीका अनुसार आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुनःउपस्थित हुनुपर्ने छ। केजरीवाललाई गत मार्च २१ तारिखदेखि हिरासतमा राखिएको छ।
अदालतको निर्णय अनुसार अब उनले जुनसम्म लोकसभा चुनावका लागि प्रचारप्रसार गर्न पाउने छन्।
अन्तरिम जमानत दिँदै अदालतले उनको गिरफ्तारीलाई चुनौती दिने खालका सबै मामिलाहरूको सुनुवाइ चाँडै सक्ने पनि जनाएको छ। अदालतको आदेशमा भनिएको छ, हामी चाँडै नै यो सुनुवाइ गरेर यो मामिला टुङ्ग्याउनेछौँ।
अदालतले जमानतसम्बन्धी आदेश दिइएको पत्र जेल अधिकारीहरूलाई पठाउन भनेको छ। त्यसो गर्दा उनी चाँडै रिहा हुने सम्भावना रहन्छ।
सन् २०२२ को अगस्टमा दर्ता गरिएको मामिलामा केजरीवाललाई डेढ वर्षपछि मात्र गिरफ्तार गरिएको अदालतले जनाएको थियो। अदालतले उनलाई चुनाव प्रचारप्रसार गर्न कुनै खालको रोक नलगाएको बताइएको छ