२०८१ श्रावण १२

अन्तरपालिका स्तरीय उपमेयर कप प्रथम महिला भलिबल प्रतियोगिताको उपाधि बुटवललाई
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ३०, आईतवार ०८:५६ गते

बुटवल,३०वैशाख ।
बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा बुटवलमा आयोजित अन्तरपालिका स्तरीय उपमेयर कप प्रथम महिला भलिबल प्रतियोगिताको उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ ।

उपाधिसंगै बुटवलले नगद ५० हजार ,शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै तिलोत्तमा नगरपालिका द्वितीय, गैडहवा गाउँपालिका तृतीय र शुद्धोधन गाउँपालिका सान्तवना स्थान प्राप्त गरेका छन । खेलमा प्रथम, द्वितीय, तृतीय र सान्तवना भएकालाई ५० हजार, ३० हजार, २० हजार र १०हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यस्तै उत्कृष्ट खेलाडी बुटवलकी मिना सुनार, उत्कृष्ट सर्भर तिलोत्तमाकी रोजी थापा, उत्कृष्ट सेटर बुटवलकी अनुषा चौधरी, उत्कृष्ट ब्लकर बुटवलकी अनुषा चौधरी, उत्कृष्ट स्पाइकर बुटवलकी निशा चौधरी र उत्कृष्ट डिफेन्डरमा तिलोत्तमाकी आश्मा चौधरी, समुद्घाटनमा उत्कृष्ट नृत्य प्रस्तुत गरेकोमा नवीन औद्योगिक कदर बहादुर रीता मा।वि।लाई, प्रशिक्षक, कोचहरुलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्यालले पुरस्कार वितरण गरेका थिए । । बुटवल नगर खेलकुद विकास समितिका संयोजक वोनिन पियाको अध्यक्षतामा नगर खेलकुद विकास समितिका सदस्य एवं अन्तरपालिका स्तरीय उपमेयर कप प्रथम महिला भलिबल प्रतियोगिता २०८१ का संयोजक शेरजंग गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद सबैका लागि खेलकुद” भन्ने नारालाई आत्मसाथ गरी जिल्लाका पालिकाहरूबीच मेलमिलाप सद्भाव वृद्धि गर्नुका साथै महिला खेलाडी पहिचान, छनौट, उत्प्रेरणा, विकास र प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गरिएको हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा उपप्रमुख सावित्रा देवी अर्यालको विशिष्ट आतिथ्यतामा आयोजित समापन समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, प्रवक्ता शिव राना वडा अध्यक्षहरु नरेन्द्र बस्नेत, विष्णु ढकाल, रामचन्द्र क्षेत्री, नरिश्वर पौडेल लगायतको सहभागिता रहेको थियो ।