२०८१ श्रावण १२

अफगानिस्तानमा बाढीबाट ३०० जनाभन्दा बढीको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ३०, आईतवार ०९:१८ गते

काठमाडौ,३०वैशाख ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीमा परी तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

अफगानिस्तानमा असामान्य रूपमा भारी वर्षाका कारण आएको बाढीले तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई हजारभन्दा बढी घरहरु नष्ट भएको संयुक्त राष्ट्र संघीय निकाय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले जनाएको छ।

अफगानिस्तानमा डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, ‘हालको जानकारीमा बघलान प्रान्तमा ३११ जनाको मृत्यु, २ हजार ११ घर नष्ट भएको र २ हजार ८ सय घर क्षतिग्रस्त भएका छन्।’

तालिबान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बदख्सान, बाघलान, घोर र हेरात प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताए। उनले सरकारले उद्धारका लागि सबै उपलब्ध स्रोत परिचालन गर्न निर्देशन दिएको बताए।

तालिवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाले बाढीग्रस्त क्षेत्रमा फसेका मानिसहरूलाई ठूलो संख्यामा उद्धार गरिरहेको छ। एजेन्सीको सहयोगमा