२०८१ श्रावण १२

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, कांग्रेसले अबरोध नगर्ने
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १, मंगलवार ०७:४४ गते

काठमाण्डौं १ जेठ ।
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैछ । कांग्रेसले आज नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम अवरोध नगर्ने भएको छ । आज अपरान्ह ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले संघीय सदनको संयुक्त बैठक चल्न दिने निर्णय गरेको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिले भाग लिने आजको संयुक्त बैठक चल्न दिने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
उनले भने, ‘आजको संसद् नेपालको संविधान, गणतन्त्रात्मक पद्धति, राष्टपतिको महत्वलगायतका विषयलाई हेरेर संयुक्त बैठक चल्न दिन्छौँ। सहभागी हुन्छौँ। बैठक चल्छ। यसपछिका कुनै कार्यसूची हामी चल्न दिँदैनौँ।
साथै बैठकले यसअघि उठाउँदै आएको सहकारी ठगी प्रकरणमा बचतकर्ता रकम सुरक्षा, फिर्ता गर्ने ठगी, दुरुपयोग, अपचलन गर्नेलाई कडा कारबारहीको माग गर्नुका साथै यस ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छाबिन समिति गठनको माग यथावत राखेको नेता लेखकले बताए।
मन्त्रिपरिषद् बैठकद्धारा पारित
यसैबीच मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।
प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकमा नीति तथा कार्यक्रमबारे छलफलपछि पारित भएको हो ।