२०८१ श्रावण १२

संसदमा धकेलाधकेल, प्रतिनिधिसभा बैठक स्थगित
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३, बिहीबार १३:३० गते

काठमाण्डौं ३ जेठ ।
नेपाली कांग्रेसको विरोधबीच सभामुखले अगाडी बढाएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बिहिवारको बैठक कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका थिए।
कांग्रेस सांसदहरूले नाराबाजी गरिरहँदा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न सुरु गरे। पत्र पढेर सुनाइसकेपछि सभामुखले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए । कांग्रेस सांसदहरू लामिछानेलाई रोस्ट्रममा जान रोक्न उनलाई घेरा हालेर बसेपछि एमाले सांसदहरू पनि प्रतिकारमा उत्रँदा बैठकमा केहीबेर धकेलाधकेल भएको थियो ।
सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरू नाराबाजी र धकेलाधकेल गर्न थालेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ। यसअघि कांग्रेसको अवरोधका कारण बिहिवार राष्ट्रिय सभा बैठक पनि स्थगित गरिएको छ।