२०८१ श्रावण १२

राममणिमा वक्तृत्वकला प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ४, शुक्रबार ०९:५६ गते

बुटवल,४ जेठ ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
हामीले खोजेको शिक्षा विषयमा सञ्चालित प्रतियोगितामा क्याम्पसका स्नातक तहका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विनिता पराजुली पहिलो, सरस्वती सुवेदी दोश्रो, विमल ऐर तेश्रो र रञ्जित थापा सान्त्वना हुनुभएको समितिका संयोजक जीवनकुमार पौडेलले जानकारी दिए ।
सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको अध्यक्षता र समितिका सदस्य मधुसुदन खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतियोगितामा मुक्तिनाथ गैह्रे र कविता पन्थीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।