२०८१ श्रावण १२

नवीनमा शैक्षिक क्यालेण्डर विमोचन तथा अभिमुखीकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ६, आईतवार ११:०२ गते

बुटवल,६ जेठ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। देवीनगरमा २०८१ को शैक्षिक क्यालेण्डर (भित्तेपात्रो) विमोचन नव आगन्तुक विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले विद्यालयको राम्रो प्रशासन, व्यवस्थापन र सक्षम शिक्षक स्टाफको राम्रो टिम भएकोले नव आगन्तुक विद्यार्थीहरूलाई आफ्नो भविष्य सुनिश्चित गरी उज्ज्वल भविष्य बनाउन आग्रह गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलले विद्यालयले नव आगन्तुक विद्यार्थीहरूको चाहना र क्षमता अध्ययन गरी सुधार गर्ने तर्फ लाग्ने धारणा व्यक्त गरे ।

विद्यालयमा शैक्षिक सत्र २०८१ मा १५ सय ५१ जना विद्यार्थीहरूले स्तर मापन परीक्षा दिएकोमा ६ सय ६७ जना विद्यार्थी नयाँ भर्ना भएका थिए । कार्यक्रममा विद्यालयको आचार संहिता, अनुशासन,नीतिनियम, विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकास लगायत विषयमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा ७ कि विद्यार्थी विनिता महतको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक अर्जुन खनालले गरेका थिए । २०८० को एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अनुसार नेपालमा सामुदायिक तर्फ पाँचौं र सामुदायिक तथा संस्थागत तर्फ छैठौं नम्बरमा परेको छ । यस विद्यालय ४६सय ८१ विद्यार्थी अध्ययनरत छन ।