२०८१ श्रावण १२

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ७, सोमबार ०७:५५ गते

 

बुटवल ७ जेठ ।
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्। इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतवार भएको दुर्घटनामा राष्ट्रपतिसँगै विदेशमन्त्री र अन्य धेरैको मृत्यु भएको बताइएको छ।इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नुपरेको थियो। त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि समाचारसंस्था रोएटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाएको थियो।
त्यसअघि इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए।

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा भएको पुष्टि गरेका थिए। उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि थिए।