२०८१ श्रावण १२

प्रतिपक्षीको विरोधकाबीच प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद ज्ञापन
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ८, मंगलवार १०:०३ गते

काठमाडौ, ८ जेठ ।

प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबारका दिन गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राखेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापनको प्रस्तावलाई सभाको सर्वसम्मतले पारित गरेको हो ।  बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सभाको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गरे ।

यसैगरी, बैठकले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना परेको थिएन । बैठकमा सभामुख घिमिरेले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिन जेठ ११ गतेका लागि मिति तोकेका छन  ।