२०८१ श्रावण १२

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ९, बुधबार ०६:३५ गते

बुटवल ९ जेठ ।
कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ ।
मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार अदालतमा पेश गरेको हो । उनीमाथि म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने या के गर्ने भन्नेबारे इजलासमा सुनुवाइ सकिएपछि टुंगो लाग्नेछ । अदालतले म्याद थप गरेमा उनी हिरासतमा रहनेछन् भने अस्विकार गरेमा रिहा हुनेछन् ।
दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो ।